धादिङमा चौतारी सहितको तीन संगठनको प्यानल विजयी

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २९, २०८१

धादिङ । धादिङमा शुक्रबार सम्पन्न पत्रकार महासंघको निर्वाचनमा कोषध्यक्ष बाहेकको पदमा चौतारी नेतृत्वको तीन संगठन सम्मिलित प्यानल विजयी भएको छ ।

चौतारीका सिताराम अधिकारी ४२ मत ल्याउँदै विजयी भएका थिए भने उपाध्यक्षमा चौतारीबाट सरिता श्रेष्ठ युनियनबाट मनिश दुवाडी, सचिवमा युनियनबाटै सन्तोषराज श्रेष्ठ सह सचिवमा विकास रौनियार र अस्मिता पोखरेल विजयी भए भने कोषाध्यक्षमा तीन संगठनका उम्मेदवारलाई माथ गर्दै प्रेस सेन्टरका बद्री अधिकारी विजयी भए । उनी संग चौतारी प्यानलबाट समाजवादी प्रेस संगठनका शिवराज आचार्यले प्रतिस्पर्धा गरेका थिए ।