धादिङ । पत्रकार महासंघको निर्वाचन कार्यतालिका अनुसार आज धादिङ शाखाको अध्यक्षका लागि चार जनाको उम्मेदवारी मनोनय दर्ता भएको छ ।
अध्यक्षका लागि प्रेस सेन्टरबाट राजन अधिकारी, प्रेस युनियनबाट पोषनाथ अधिकारी, प्रेस चौतारीबाट सिताराम अधिकारी र स्वतन्त्रबाट शिव सिलवालले अध्यक्षमा मनोनयन दर्ता गरेका हुन् ।
महिला उपाध्यक्षमा रविना वि.क., सरिता श्रेष्ठ, खुल्ला उपाध्यक्षमा सुमन अधिकारी र मनिश दुवाडी, सचिवमा उपेन्द्र जम्कट्टेल र सन्तोष श्रेष्ठ, सह सचिवमा विकास रौनियार र सन्तोष सुवेदी समावेसी सह सचिवमा अस्मिता पोखरेल र प्रेम नेपाली, कोषाध्यक्षमा बद्री अधिकारी र शिवराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी मनोनयन फिर्ताको समय मंसिर २७ गते दिउँसो १ बजे सम्म, अन्तिम उम्मेदवारी नामावली प्रकाशन सोहि दिन २ बजे हुने छ भने मतदान २८ गते बिहान १० बजे देखि ४ बजे सम्म जिल्ला समन्वय समितिको हलमा हुने जनाईएको छ ।
उम्मेदवारी मनोनयनको सूची