धादिङ । नेपाल पत्रकार महासंघको यहि मंसिर २८ गते हुने निर्वाचनमा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशिल पत्रकार संगठन, प्रेस मञ्च नेपाल र स्वतन्त्र श्रमजीवी पत्रकारको साझा प्यानलबाट २ जना र प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको साझा प्यानलबाट २ जना गरि चार जनाले उम्मेदवारी दिएका छन् ।
प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशिल पत्रकार संगठन, प्रेस मञ्च नेपाल र स्वतन्त्र श्रमजीवी पत्रकारको साझा प्यानलबाट महिला उपाध्यक्षमा उम्मेदवारी दिने गिता अधिकारी, दलित सदस्यमा उम्मेदवारी दिएका केशव नेपाली र प्रेस चौतारी नेपाल–नेपाल प्रेस युनियन प्यालबाट समावेसी सचिवमा उम्मेदवारी दिएका काजी श्रेष्ठ र खुल्ला सदस्यमा उम्मेदवारी दिएका सन्तोष अधिकारी धादिङका हुन् ।
बागमती प्रदेशको निर्वाचमा प्रेस युनियनका शिव देवकोटा र प्रेस सेन्टरका कृष्ण सारुमगरको प्यानल बीच प्रतिपर्धा हुने भएको हो । देवकोट प्यानलमा धादिङका काजी श्रेष्ठ र सन्तोष अधिकारी दुवै युनियनबाट हुन भने कृष्ण सारु नेतृत्वको प्यानलबाट धादिङका गिता अधिकारी प्रेस सेन्टर र केशव नेपाली समाजवादीबाट चुनावै मैदानमा रहेका हुन् ।