धादिङ । एमालेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङको तेस्रो पुर्ण बैठकले पालिका इन्चार्ज, संगठन बिभाग पमुख, साईबर सर्कल बिभाग प्रमुख र महिला बिभाग प्रमुख तोकेको छ ।
नेकपा एमाले धादिङको अध्यक्ष भुमी त्रिपाठीको प्रमुख आतिथ्यता, पार्टी जिल्ला उपाध्यक्ष अर्जुन श्रेष्ठ (गोर्खाली) को विशेष अतिथि, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य दिलिप पौडेल, लगायतकोआतिथ्यतामा सम्पन्न बैठकले पालिका स्तर देखिनै युवाहरुलाई क्रियाशिल बनाउने योजना अनुरुप इन्चार्ज तोकेको बताईएको छ ।
कुन पालिकामा को इन्चार्ज ?
१. रुबिभ्याली टिसमान तामाङ
२. खनियाबास रबिना तामाङ
३. गंगा जमुना सरोज बुडाथोकी
४. ज्वालामुखी सुरेश मगर
५. नेत्रावती डबजोङ सन्त बहादुर तामाङ
६. त्रिपुरासुन्दरी शिशिर दनाई
७. नीलकण्ठ रोशन श्रेष्ठ
८. सिद्धलेक सीता पुरी
९. बेनिघाट रोरङ पुरुषोत्तम खड्का
१०. गजुरी बिस्वास अधिकारी
११. गल्छी नमराज खतिवडा
१२. थाक्रे मधु अर्याल
१३. धुनिबेशी रोशन लामा
बैटकले संगठन बिभाग प्रमुखमा गुनु लामा, साईबर सर्कल बिभाग प्रमुखमा राजेस्वर बस्नेत, प्रचार तथा प्रकाशन बिभाग प्रमुखमा आवश लम्साल र महिला बिभाग प्रमुखमा अनुस्का तामाङ लाई चय गरेको छ ।