नेत्रावती डबजोङको राष्ट्रपति रनिङ शिल्ड पुस ११ देखि

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २२, २०८१

धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी पुस ११ देखि १३ गते सम्म महेन्द्रबाराही माविमा हुने भएको छ ।

गाउँपालिकाका प्रवक्ता ठाकुर गुरुङका अनुसार गत वर्ष वजेट अभावका कारण राष्ट्रपति रनिङ शिल्डलाई पालिका स्तरीय खेलकुद उत्सवका रुपमा मनाउन सकिएन यो पटक १४ लाख विनियोजन गएिको छ । प्रतियोगिताका लागि पालिका भित्रका सबै विद्यालयहरुलाई तयारीमा रहन भनिसकिएको उनले धादिङपोष्टलाई बताए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने महेन्द्रबाराही माविका प्रधानाध्यापक ध्रुवराज घिमिरेका अनुसार यस प्रतियोगितामा पालिकाका ५ वटा माध्यामिक विद्यालयहरुले भाग लिने छन् । कराँते र तेक्वान्दो बाहेकका अन्य खेलहरु हुने उनले बताए ।

गत वर्ष सेमजोङको चौतारा माविमा सम्पन्न नेत्रावती डवजोङको रनिङ शिल्ड प्रतियोगिता निरन्जना माविले ११ स्वर्ण, ७ रजत र ७ कास्य पदक ल्याई जितेको थियो भने ९ स्वर्ण, ४ रजत र ५ कास्य सहित मंगलदेवी माध्याकिम विद्यालय द्वितिय भएको थियो । तस्वीर: गत वर्ष विजेता निरन्जना माविको