धादिङ अष्ट्रेलिया समाजले भेट्रान भलिबल प्रतियोगिता गर्दै

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २०, २०८१

धादिङ । अष्ट्रेलियामा रहेका धादिङगेहरुको साझा संस्था धादिङ्ग अष्ट्रेलिया समाज र नर्थवेस्ट नेप्लिज कम्युनिटी सिड्नीले संयुक्त रुपमा आउँदो १५ डिसेम्बरका दिन भेट्रान भलिबल प्रतियोगिताको आयोजना गर्ने भएका छन् ।

धादिङ अष्ट्रेलिया समाजका अध्यक्ष अर्जुन केसीका अनुसार यस प्रतियोगितालाई MARKQ HOMES ले टाइटल स्पोन्सरको रुपमा, SOLAR WORLD ले प्ल्यटिनियम एबम QUEENSFORD COLLEGE ले गोल्ड स्पोस्सरको रुपमा त्यसै गरि अन्य ब्यापारिक संघ संस्थाले स्पोन्सरको रुपमा सहयोग गरेका छन् ।

अन्तर्राष्ट्रिय धादिङ समाजको उपाध्यक्ष एवम् धादिङ अष्ट्रेलिया समाजका पूर्व अध्यक्ष सविन थपलियाले अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने उदेश्यले यो मैत्रिपूर्ण “भेट्रान भलिबल प्रतियोगिता” आयोजना गरिएको हो । उनका अनुसार प्रतियोगिता Stanhope Leisure Centre (Stanhope Pkwy &, Sentry Dr, Stanhope Gardens NSW 2768) मा १५ डिसेम्बरका दिन बिहान आठ बजे देखि साँझ ५ बजे सम्म हुने छ ।