धादिङ । नीलकण्ठ नगरपालिकाले तीन जना खेलकुद प्रशिक्षकहरु नियुक्त प्रक्रिया अगाडी बढाएको छ । तीन जना प्रशिक्षकका लागि आव्हान भएको सूचना प्रकाशन बमोजिम तीन जनाको मात्रै निवेदन परेको छ ।
रित पूर्वक परेको निवेदन अनुसार नामावली प्रकाशन भएको छ ति निवेदकहरुलाई १-२ दिन भित्रमा लिखित परिक्षाको लागि बोलाईने नीलकण्ठ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका मेघनाथ कोईरालाले धादिङपोष्टलाई बताए ।
प्रशिक्षकका लागि निवेदन दिनेमा महेन्द्र ढुङ्गाना भलिबल तर्फ छन् । उनी जिल्ला भलिबल संघमा समेत अवद्ध छन् भने तेक्वादो, कबड्डी र भलिबल रेफ्री हुन् । अर्का निवेदकमा फुटबल तर्फ रवि भण्डारी छन् उनी जिल्ला फुटबल संघ धादिङका प्रशिक्षक हुन् । यस्तै एथलेष्टिक विधा तर्फ गौतम श्रेष्ठले निवेदन दिएका छन् उनी एथलेष्टिक विधा तर्फ मात्रै नभएर तेक्वान्दो प्रशिक्षक समेत हुन् ।