धादिङ । धादिङमा सालिन र भद्र युवा व्यवसायीका रुपमा छवि बनाएका रोहित भण्डारीले धादिङ उद्योग वाणिज्य संघको आशन्न अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने घोषणा गरेका छन् । यो पटक अध्यक्ष बाहेकका पदमा निर्वाचन हुने छ ।
रोटरी क्लव अफ धादिङ मार्फत समाज सेवा कर्ममा पनि उल्लेख्य योगदान गर्दै आएका भण्डारी दशक देखि धादिङ उद्योग वाणिज्य संघमा देखिदै आएका व्यक्ति हुन् । यो पटक ११ औ अधिवेशनमा धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष बनेर अर्को कार्यकाल स्वतः अध्यक्ष हुने तयारीमा जुटेका रोहित भण्डारी अहिले चुनावी तयारीमा लागि सकेका छन् ।
माघ १६ र १७ गते धादिङबेसीमा हुने धादिङ उद्योग वाणिज्य संघ निर्वाचनबाट अध्यक्षमा भने विधानत अहिलेका वरिष्ठ उपाध्यक्ष रामकुमार डल्लाकोटी चयन हुने छन् ।
यस अघि १० औँ अधिवेशन २०७९ चैत्र १० गते सुरुभई १४ गते सकिएको थियो । उक्त अधिवेशनले बिष्णु प्रसाद थपलियालाई अध्यक्षमा चयन गरेको थियो । उक्त समितिमा अध्यक्षसहित ७ जना नेपाली कांग्रेस निकट, वरिष्ठ उपाध्यक्षसहित ११ जना माओवादी केन्द्र निकट, ७ जना एमाले निकट, ५ जना एकीकृत समाजवादी निकट, एकजना जसपा निकट र १ जना राप्रपा निकट व्यवसायी चयन भएका थिए ।