धादिङ । महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङको दशौं साधारणसभा तथा पाँचौ अधिवेशनले अध्यक्षमा खिल कुमारी तिवारीलाई चयन गरेको छ ।
अधिवेशनबाट नव गठित १३ सदस्यीय कार्यसमितिकाे
उपाध्यक्षमा दुर्गा अधिकारी, सचीवमा ज्ञानु कँडेल, सहसचिवमा रबिना पौडेल, कोषाध्यक्षमा शुसिला भण्डारी र सदस्यहरुमा भगवती अर्याल, शान्ता रुपाखेती, उर्मिला श्रेष्ठ, राधिका सापकोटा, हरिमाया शाही, आरती शाह, सीता रिजाल (अपंगता क्षेत्र), स्नेहा श्रेष्ठ ( युवाको क्षेत्र) चयन भएका छन् ।
महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालका अध्यक्ष गायत्री खतिवडाको अध्यक्षता र महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालको पुर्व महासचिव राधिका सापकोटाको प्रमुख आतिथ्यतामा साेमबार अधिवेशन सम्पन्न भएको हाे ।