एमाले निकट भुमि अधिकार तथा श्रमिक संगठन धादिङको अध्यक्षमा पदम सिलवाल चयन

Avatar photo
Dhadingpost
शनिबार, मंसिर १, २०८१

धादिङ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज खेम लोहनी प्रमुख आतिथ्यतामा भएको एमाले निकट भुमि अधिकार तथा श्रमिक संगठन धादिङको प्रथम अधिबेशनबाट अध्यक्षमा पदम सिलवाल चयन भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा उपाध्यक्षमा रामप्रसाद जमकट्टेल, श्यामकृष्ण सुवेदी , सचिवमा देवराज पौडेल , उपसचिवमा अञ्जुर गुरुङ र चन्द्र सिलवाल र कोषाध्यक्षमा डम्बरबहादुर रोक्का चयन भएका छन् ।

यस्तै सदस्यमा निर्वाचित हुनेमा नीलकण्ठबाट इन्द्रबहादुर खाँण, कृष्ण बहादुर सुनार, तुलबहादुर परियार, ज्वालामुखीबाट अर्जुन खनाल, तुल नारायण श्रेष्ठ, बेनिघाट रोराङबाट पार्वती विसुराल, रामबहादुर परियार, थाक्रेबाट मनराज लामा, गोकुल सुनार, त्रिपुरासुन्दरीबाट एकराज कँडेल, रामकृष्ण बसौला, नेत्रावती डबजोङबाट ज्ञानु नेपाली, थुमसाङ तामाङ, गजुरीबाट चमेली राई, सीता चेपाङ, गल्छीबाट गोपाल बिक, इन्द्रबहादुर भुजेल, धुनिबेसीबाट मुकुन्द राई, खेमनाथ लुईटेल, गंगाजमुनाबाट आकाश तामाङ र कृष्णबहादुर नेपाली छन् ।

संस्थापक अध्यक्ष बाबुराम लम्सालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा धादिङका अध्यक्ष भुमी त्रिपाठी, उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव राधिका सापकोटा, संगठनका केन्द्रीय सचिव रामकुमार रायमाझी, केन्द्रीय सदस्य उद्धव रिजाल लगायतको आतिथ्यता रहेको थियो ।