धादिङ । बागमती प्रदेश सरकारको मन्त्री भएको १११ दिन पछि बल्ल धादिङका प्रदेश सांसद मदुकुमार श्रेष्ठले मन्त्रालयको जिम्मेवारी पाएका छन् । संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाईए सँगै उनले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
गत ९ साउनमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसँगै शपथ लिएका श्रेष्ठ १११ दिन सम्म विना विभागिय भएर मुख्यमन्त्री कार्यालयमै हाजिरी लगाएर बसेका थिए उनले गरिवी निवारण तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
सत्ता साझेदार कांग्रेस र एमाले बीच कांग्रेसले मुख्यमन्त्री सहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमती विपरित मुख्यमन्त्री सिंहले मदुकुमार सहित ८ जना कांग्रेसबाट मन्त्री बनाएपछि एमालेले मन्त्रालय टुक्र्याउन मानिरहेको थिएन । अन्तत: मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय टुक्राउँदै मदुलाई मन्त्रालय दिएको हो ।