धादिङ । धादिङ जिल्लामा रहेर पत्रकारिता गरिरहेका नारायण सिलवाल यहि कार्तिक २४ गते काठमाडौमा सम्पन्न राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) को २७ औं साधारण सभा तथा १३ औं अधिबेशनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् ।
२०६१ सालमा आँखु सन्देशबाट पत्रकारिता सुरु गरेका सिलवालले २०६४–०६९ सम्म जनमुक्तिमार्ग साप्ताहिक, २०६५–०६६ गोरखापत्र दैनिक, २०६६–०७३ रेडियो बिहानी र २०७३ देखि धादिङपोष्टको प्रधान-सम्पादकका रुपमा कार्यरत छन् ।
२०७३ मा राष्ट्रिय फोटो पत्रकार समूहको सदस्यका लिएका उनी २०७४ सालमा फोटो पत्रकार संघ धादिङको अध्यक्ष बने । जिल्ला अध्यक्ष हुँदा फोटो पत्रकार तालिम, जिल्ला स्तरीय फोटो प्रतियोगिताहरु, धादिङका पुराना फोटो पत्रकार, फोटो ग्राफर सम्मान सँगैं पुराना क्यामराहरु प्रदर्शनी जस्ता कार्यक्रमहरु सम्पन्न भएका थिए ।
०७६ साल भदौमा राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको अध्यक्ष बनेका सिलवाल ०७८ पुसमा पुन बागमतीको अध्यक्ष बनेका थिए ०८० मंसिरमा भएको तेस्रो अधिबेशनबाट पनि उनी निर्विरोध अध्यक्षमा निर्वाचित भएका थिए ।
राष्ट्रिय स्तरको क्रियाशिल फोटो पत्रकारिता पुरस्कार समेत पाईसकेका उनी प्रदेशको कार्यकाल नसकिँदै केन्द्रिय अधिबेशनबाट उपाध्यक्ष बनेका हुन् ।
एनएफपिजेको अधिबेशनबाटअध्यक्षमा पुन: प्रदिपराज वन्त, वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ (सागर), महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री (भगवती), उपाध्यक्षद्वय नारायण सिलवार र सुनील शर्मा, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् ।
केन्द्रीय सदस्यमा सुशील कुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएका छन् । वि. सं. २०५४ मा स्थापना भएको एनएफपिजे नेपाल फोटो पत्रकारको पहिलो छाता सङ्गठन हो । एनएफपिजे नेपालले फोटो पत्रकारको