वडा अध्यक्ष दंगाल पुर्पक्षका लागि थुनामा

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २२, २०८१

हेटौंडा । सम्पत्ति हडप्न नक्कली कागजात तयार पारेको आरोपमा पक्राउ परेका मकवानपुर बकैया गाउँपालिका नम्वर वडा ४ का अध्यक्ष राजन दंगाललाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

न्यायाधीश सकुन्तला कार्कीको इजलासले दिवंगत उमादेवी गुरुङको सम्पत्ति हडप्न सरकारी काजगात किर्तेको अभियोग लागेका दंगाललाई थुनामा राखी अनुसन्धान अघि बढाउन बुधबार पुर्पक्षका लागि थुनामा पठाएको हो ।

४ महिना अघि मकवानपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएता पनि उनी फरार थिए । राजनीतिक शक्तिको आडमा उनलाई प्रहरीले पक्राउ गरेको थिएन । उनलाई आज मात्रै अदालत उपस्थित गराइएको हो ।

दंगाल गत स्थानीय तहको चुनावमा १ हजार १ सय ११ मतसहित दोस्रो कार्यकालका लागि एमालेबाट विजयी भएका वडा अध्यक्ष हुन् । उनले माओवादी केन्द्रका चन्द्रबहादुर नेपाललाई हराएका थिए ।