भाइटीकाको उत्तम साईत ११ बजेर ३७ मिनेटमा

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १८, २०८१

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजको भाइटीकाको साईत बिहान ११ बजेर ३७ मिनेट उत्तम रहेको जनाएको छ ।

भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाईन्छ ।

यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ । फाईल तस्वीर