धादिङ । धादिङको राजमार्ग क्षेत्रहरुका होटलवालाहरुले यात्रुहरुलाई बढी शुल्क लिने गरेको मापदण्ड विपरित संचालन भैरहेको गुनासाहरु नौलो हैन । अनुगम कार्वाहि निरन्तर भैरहेका पनि छन् ।
मंगलबार जिल्ला अनुगमन समितिले अनुगमनको क्रममा धुनीबेसीको आँधीखोला होटललाई २५ हजार जरिवाना गराएको छ ।
यस्तै धुनिबेसी कै मंगोलियन फास्टफुडलाई १५ हजार के वि खाजाघरलाई ५ हजार जरिवाना गरिाईएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।