धादिङमा ७७ हजार जना स्वास्थ्य बीमामा आवद्ध

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ९, २०८१

धादिङ । नेपाल सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढाउन ल्याएको स्वास्थ्य बीमा कार्यक्रम धादिङ जिल्लामा खासै प्रभावकारी हुन सकेको छैन । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य विमाद्वारा पूर्व भुक्तानीको माध्यमवाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच सुनिश्चित गर्ने स्वास्थ्य विमा ऐन २०७४ ले परिकल्पना गरेको छ । यस जिल्लामा २०७६ साल माघ ७ गतेबाट शुभारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रममा २०४१ भदौ महिनासम्ममा ७७ हजार १०६ जना मानिसले स्वास्थ्य बिमा गराएका छन् । जिल्लामा तीन लाख २५ हजार ७१० जनसंख्या रहेको छ । हालसम्म २३ दशमलव ६७ प्रतिशत मानिसले मात्र स्वास्थ्य बिमा गरेका छन् । जिल्लाका १३ वटा स्थानीय तहमा एक सय चारवटा वडामा स्वास्थ्य बीमा सहयोगी परिचालन गरिएको छ ।

प्रत्येक वडामा कम्तीमा एक जना स्वास्थ्य बीमा दर्ता सहयोगी हुने व्यवस्था छ । त्यसका लागि वडाध्यक्षको संयोजकत्वमा वडा सचिव सदस्य र सम्बन्धित वडाको स्वास्थ्य संस्थाको प्रमुख सदस्य सचिव रहेको समितिले दर्ता सहयोगी सिफारिस गर्ने व्यवस्था छ तर जनप्रतिनिधि, स्वास्थ्य संस्थाका कर्मचारी महिला स्वयंसेविका, राजनीति दलका स्थानीय अगुवा, समाजसेवीले नै स्वास्थ्य बीमा कार्यक्रमको महत्व बुझ्न नसकेको धादिङमा स्वास्थ्य विकासमा कार्यक्रममा आवद्ध भएका मानिसको संख्याबाट पुष्टि हुन्छ स्वास्थ्य विमा नियमावलीमा भएको व्यवस्थाअनुसार पाँच जनासम्मको परिवारलाई एक इकाई मानेर तीन हजार पाँच सय रुपैयाँमा एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा हुने व्यवस्था छ । पाँच जनाभन्दा माथि सदस्य भएका परिवारको हकमा प्रतिव्यक्ति सात सय रुपयाँ थपेर स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाउने र बढीमा दुई लाखसम्मको स्वास्थ्य बीमा दाबी गर्न वा लिन पाउने व्यवस्था छ महिला स्वास्थ्य स्वयंसेविकाको परिवारले ५० प्रतिशत छुट पाउने व्यवस्था छ । ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक एक जनालाई एक इकाई मानेर अतिअशक्त अपांगता भएका परिवार र एचआईभी, कुष्ठरोगी, एमडीआर टिभी रोग लागेका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रम व्यवस्था रहेको स्वास्थ्य बीमा बोर्ड धादिङका संयोजक संगम अर्यालले बताए ।

स्वास्थ्य बीमा बोर्ड धादिङको गत भदौ महिनासम्मको तथ्यांकअनुसार धुनिबेसी नगरपालिकामा नगद तिरेर पाँच हजार ५१३ महिलासहित १० हजार नौ सय महिला स्वयंसेविका परिवारको ४० महिलासहित ६९ जनाले बिमा गरेका छन् ज्येष्ठ नागरिक ७०८ महिलासहित एक हजार ३७५ जना, अतिअशक्त अपांगता भएका ७१ महिलासहित १४५ जना गरी १२ हजार ४८९ जनाले स्वास्थ्य बीमा गरेका छन् । यसैगरी थाक्रे गाउँपालिकामा नगद तिरेर एक हजार ७५४ महिलासहित तीन हजार ५२९ जना, महिला स्वयंसेविका परिवारको ५१ महिलासहित ८८ जनाले बीमा गरेका छन् । ज्येष्ठ नागरिक ६६८ महिलासहित एक हजार ३१९ जना, अतिअशक्त अपांगता भएका ७२ महिलासहित १३२ जना र तोकिएको रोग एक महिलासहित तीन जना गरी पाँच हजार ७१ जनाले स्वास्थ्य बीमा गरेका छन् । यसैगरी नीलकण्ठ नगरपालिकामा नगद तिरेर सात हजार ३९९ महिलासहित १४ हजार २६४ जना, महिला स्वयंसेविका परिवारको १३८ महिलासहित २५१ जनाले बीमा गरेका छन्। ज्येष्ठ नागरिक एक हजार ९१३ महिलासहित तीन हजार ६८४ जना, अतिअशक्त अपांगता भएका १९१ महिलासहित ३८४ जना र तोकिएको रोग ५८ महिलासहित १२७ जना गरी पाँच हजार ७१ जनाले स्वास्थ्य बीमा गरेका छन् । खनियावास गाउँपालिकामा नगद तिरेर एक सय एक महिलासहित २०३ जना, महिला स्वयंसेविका परिवारको एक महिलासहित दुई जनाले बीमा गरेका छन्। ज्येष्ठ नागरिक २६९ महिलासहित ५१९ जना, अतिअशक्त अपांगता भएका २६ महिलासहित ५५ जना र तोकिएको रोग एक महिलासहित दुई जना गरी ७७१ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

यसैगरी गजुरी गाउँपालिकामा नगद तिरेर दुई हजार ६०७ महिलासहित पाँच हजार १४५ जना, महिला स्वयंसेविका परिवारको ४१ महिलासहित ७४ जनाले बीमा गरेका छन् । ज्येष्ठ नागरिक ५०८ महिलासहित एक हजार ३५ जना, अतिअशक्त अपांगता भएका १३८ महिलासहित २७३ जना गरी ६ हजार ५२७ जनाले स्वास्थ्य बीमा गरेका छन् । गल्छी गाँउपालिकामा नगद तिरेर दुई हजार १२५ महिलासहित चार हजार २२४ जना, महिला स्वयंसेविका परिवारको २२ महिलासहित ५३ जनाले बीमा गरेका छन् । ज्येष्ठ नागरिक ५८९ महिलासहित एक हजार २१६ जना, अतिअशक्त अपांगता भएका १३७ महिलासहित २५४ जना र तोकिएको रोग सात महिलासहित १३ जना गरी पाँच हजार ७६० जनाले स्वास्थ्य बीमा गरेका छन् । यसैगरी बेनीघाट रोराङ गाउँपालिकामा नगद तिरेर दुई हजार ३६१ महिलासहित चार हजार ६९३ जना, महिला स्वयंसेविका परिवारको १७ महिलासहित ३५ जनाले बीमा गरेका छन् । ज्येष्ठ नागरिक ५०३ महिलासहित एक हजार ६५ जना, अतिअशक्त अपांगता भएका १४७ महिलासहित २५८ जना गरी ६ हजार ५१ जनाले स्वास्थ्य बीमा गरेका छन् । नेत्रावती दबजोङ गाउँपालिकामा नगद तिरेर २६२ महिलासहित ४९२ जना, महिला स्वयंसेविका परिवारको ३३ महिलासहित ६२ जनाले बिमा गरेका छन्। ज्येष्ठ नागरिक ४२० महिलासहित ८२३ जना, अतिअशक्त अपांगता भएका २४ महिलासहित ४७ जना र तोकिएको रोग एक पुरुष गरी एक हजार ४२५ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

यसैगरी रुवीभ्याली गाउँपालिकामा नगद तिरेर १०७ महिलासहित २४२ जना महिला स्वयंसेविका परिवारको २१ महिलासहित ३९ जनाले बीमा गरेका छन् । ज्येष्ठ नागरिक १७४ महिलासहित ३०८ जना, अतिअशक्त अपांगता भएका ११ महिलासहित २० जना गरी ६०९ जनाले स्वास्थ्य बीमा गरेका छन् । गंगाजमूना गाउँपालिकामा नगद तिरेर एक हजार १५८ महिलासहित दुई हजार १६७ जना, महिला स्वयंसेविका परिवारको २० महिलासहित ३५ जनाले बीमा गरेका छन् । ज्येष्ठ नागरिक ४५८ महिलासहित ८८० जना, जना, अतिअशक्त अपांगता भएका १७ महिलासहित ३९ जना गरी तीन हजार १२१ जनाले स्वास्थ्य बीमा गरेका छन् । सिद्धलेक गाउँपालिकामा नगद तिरेर एक हजार ८३९ महिलासहित तीन हजार ५१५ जना, महिला स्वयंसेविका परिवारको ५० महिलासहित ११० जनाले बीमा गरेका छन् । ज्येष्ठ नागरिक ७१३ महिलासहित एक हजार ४४० जना, अतिअशक्त अपांगता भएका ९७ महिलासहित १९४ जना र तोकिएको रोग दुई महिलासहित पाँच जना गरी पाँच हजार २६४ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिकामा नगद तिरेर एक हजार ६४८ महिलासहित तीन हजार १८८ जना, महिला स्वयंसेविका परिवारको ६३ महिलासहित १२३ जनाले बीमा गरेका छन् । ज्येष्ठ नागरिक ७४६ महिलासहित एक हजार ५११ जना, अतिअशक्त अपांगता भएका १९३ महिलासहित ४१५ जना र तोकिएको रोग आठ महिलासहित १६ जना गरी पाँच हजार २५३ जनाले स्वास्थ्य बीमा गरेका छन् । ज्वालामुखी गाउँपालिकामा नगद तिरेर एक हजार ८८८ महिलासहित तीन हजार ७२९ जना, महिला स्वयंसेविका परिवारको ९६ महिलासहित १९८ जनाले बिमा गरेका छन् । ज्येष्ठ नागरिक एक हजार १० महिलासहित एक हजार ९७५ जना, अतिअशक्त अपांगता भएका ६७ महिलासहित १२ ९ जना र तोकिएको रोग ६ महिलासहित नौ जना गरी ६ हजार ४० जनाले स्वास्थ्य बीमा गरेका छन् ।

प्रत्येक वडामा रहेका स्वास्थ्य बीमा सहयोगीले घरघरमा गएर स्वास्थ्य बीमा गराउने गरेका छन् । धादिङको जनसंख्या २०७८ अनुसार तीन लाख २५ हजार ७१० रहेको छ । गत भदौ मसान्तसम्म ७७ हजार १०६ जनाको मात्र स्वास्थ्य बीमा भएको छ । स्वास्थ्य विमा गरेको तीन महिनापछि मात्र विमितले स्वास्थ्य बीमा गरेवापतको भुक्तानी दावी गर्न पाउने व्यवस्था छ । (राजेन्द्र बस्नेतले लेख्नु भएको यो समाचार कारोबार दैनिकबाट दिईएको हो -सं)