धादिङ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति धादिङको कार्यालयको बैठक सम्पन्न भएको छ । जिल्ला इञ्चर्ज पुष्पविक्रम मल्ल, निवर्तमान मुख्यमन्त्री एवम् केन्द्रिय सदस्य शलिकराम जम्कट्टेल, केद्रिय सदस्य रामबहादुर भण्डारी लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न बैठकले कार्तिक १० गते काठमाडौंमा हुने विरोध पर्दशन एवम् खबरदारी सभामा जनसहभागिताको विषयमा छलफल भएको बताईएको छ ।
उक्त सभामा धादिङबाट २ हजार भन्दा बढी सहभागिता गराईने र त्यसका लागि तयारी गर्न क्षेत्रगत र पालिका गत रुपमा जिम्मेवारी तोकेको समेत बताईएको छ । बैठकपछि धादिङपोष्ट सँग कुरा गर्दै केन्द्रिय सदस्य शालिकराम जम्कट्टेलले प्रचण्ड नेतृत्वले सुरु गरेका जनप्रेमी कामहलाई ओली सरकारले निस्तेज गर्न लागि रहेको छ । भ्रष्टाचार बेतिथिको मलजलमा उत्रिको ओली सरकार विरुद्ध जनताहरु अब जाग्ने बताए ।
कार्तिक १० गते माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।