धार्के-सितापाइला सडक कालोपत्रे सुरु, सवारी आवागमन बन्द

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ६, २०८१

धादिङ । नागढुङको सडक जाम र धुलो छल्न प्रयोग गरिने छोटो दुरीको धार्के-सितापाइला सडक अहिले कालो-पत्रे भइरहेको छ । अहिले धुनीवेसी नगरपालिका वडा नं. ५ को कार्यालय अमलेचौरदेखि ठुलोखोलासम्म नौ किलोमिटर सडक आईतबारबाट कालो-पत्रे सुरु गरिएको हो ।

यस सडक खण्डको कालोपत्रे गर्न भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्राइभेट लिमिटेडले २०८१ असार २२ गते निर्माण कार्य सक्ने गरी २०७९ असार २३ गते सडक डिभिजन नुवाकोटसंग सम्झौता गरेको हो । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट निर्माणाधिन सडक भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्राइभेट लिमिटेड र गोर्खा एग्रोप्रिरेड प्रालिले निमाृर्ण कार्य जिम्मा लिएको थियो ।

भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्राइभेट लिमिटेडबाट सडक कालोपत्रे गर्ने जिम्मा सव कन्ट्रयाकमा गोरखकाली कन्स्ट्रक्सन एण्ड मल्टी प्रोपव्ज कम्पनी प्रालिलाई दिएको थियो । तोकिएको समयमा निर्माण तथा कालोपत्रे गर्ने काम नसकिएपछि २०८१ मंसिर १५ गतेसम्मलाई म्याद थप गराई निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाएका छौ । कार्तिक ४ गतेबाट विविएम र आक्सफाल प्रविधिबाट कालो पत्र गर्ने काम शुरु गेरेका गोरखकाली कन्स्ट्रक्सन एण्ड मल्टी प्रोपव्ज कम्पनी प्रालि प्रतिनिधि रामचन्द्र न्यौपानेले बताए ।

धार्के–सितापाइला सडक २४ किलो मिटर मात्र रहेको छ । काठमाण्डा जिल्ला तर्फ ७५० मिटर कालो पत्र गर्न बाँकी रहेकोमा अहिले काम भइरहेको छ । धादिङ खण्डमा १४ किलो मिटर पर्छ ५०० मिटर पिच गर्ने काम ठेक्का लगाउन बाँकी छ ।
धार्के–सितापाईला सडक खण्ड अन्तरगत अमलेचौर देखि ठुलोखोलासम्म कार्तिक ४ गतेदेखि अर्को सुचना प्रकाशित नभएसम्मका लागि अति आवश्यकीय सवारी साधान बाहेकलाई रोक लगाएको सुचना धुनीवेसी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विसाल भट्टराईले सुचना जारी गरेकाछन् ।