
धादिङ । आयोजक विद्यार्थी उपकार संघ नीलकण्ठ १४ पात्लेले केहि दिन अघि १० औं मान बहादुर मेमोरियल 7 “A” साइड खुल्ला नकआउट फुटबल कप हुने मिति सार्वजनिक गरेको थियो भने सोमबार उक्त प्रतियोगिताको पुरस्कार राशी पनि सार्वजनिक गरेको छ ।
आगामी पुष २५ गतेदेखि माघ २ गतेसम्म नीलकण्ठ १४ स्थित पात्ले खेल मैदानमा हुने उक्त प्रतियोगिताको पुरस्कार राशी विजेतालाई १ लाख ३१ हजार, उपविजेतालाई ६० हजार, सेमिफाईनलमा पुग्ने दुई टिमलाई २०-२० हजार रहेको प्रेम तामाङले जानकारी दिए ।
नवौं मानबहादुर मेमोरियल कपमा विजेतालाई १ लाख ३० हजार पुरस्कार थियो । यो दशौं कपमा गत वर्ष भन्दा १ हजार बढाईएको हो । दशौं मनबहादु मोमोरियल कपमा भाग लिन इच्छुक क्लबहरुले १० हजार तिरेर पुस २३ गते सम्म टिम दर्ता गर्न सकिने जनाईएको छ ।
नवौं कप चिसापानीले जितेको थियो भने आठौं दाङसिङ नुवाकोटलेले जितेको थियो । जनआवाज युवा क्लव माने धुवाँकोटलाई हराउँदै छैटौं मानबहादुर कप फुटबल नुवाकोटको नवस्टारले जितेको थियो ।
नीलकण्ठ नगरपालिका १४ धुवाँकोट पात्लेमा ०५१ मा बोष्टन तामाङ, धनेन्द्र तामाङ, रोशन तामाङ, रामसिंह तामाङ लगायतले फुटबल खेल सुरु गरे थिए । स्थानीय बुद्धिलाल तामाङ (हाल क्यानडा), धनबहादुर तामाङ (हाल यूके), मानबहादुर लगायतले पात्लेमा खेल मैदान निमार्णको सुरुवात गरेका थिए । उक्त खेल मैदान अहिले सुधारिएको अवस्थामा देख्न सकिन्छ । धादिङमा फुटबल खेल्नकै कै लागि निमार्ण भएको पहिलो खेल मैदानको रुपमा पात्ले खेल मैदानलाई लाईन्छ । यसै खेल मैदानमा विद्यार्थी उपकार संघले हरेक वर्ष मानबहादुर मेमोरियल कप गर्दै आईरहेको छ । फाईल तस्वीर