
धादिङ । लगनशिल युवा क्लव ज्वालामुखीको अध्यक्षमा आशिष छत्कुली चयन भएका छन् । जिल्लाका उत्कृष्ट क्लबहरु मध्य पर्ने यस लगनशिलको तेस्रो अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा कृष्णबहादुर गिदेल, सचिवमा हेमबहादुर थापा मगर, कोषाध्यक्षमा सागर राना र सह सचिवमा रिता गिदेल मगर चयन भएका छन् यस्तै सदस्यहरुमा दर्पण थापा मगर, इन्द्र गिदेल मगर, अजय वि.क., सरला थापा, आकृति गिदेल, राजकुमार बयालकुटी, ब्यूटी थापा मगर, रोषन परियार छन् ।
अधिवेशनले ७ सदस्यीय सल्लाहाकार समिति समिति समेत गठन गरेको छ जसको संयोजक गणेश बहादुर थापा मगर र सदस्यहरुमा मदन गिदेल, कृष्ण नेपाली, शुरेष गिदेल मगर, टेक प्रसाद छत्कुली, मिलन थापा, यदु गिदेल छन् ।
धादिङको पछिल्लो फुटबल विकास क्रमलाई महत्वपूर्ण योगदान गर्दै आईरहेको लगनशिल युवा क्लवले कार्तिक १ गते मात्रै ११ औं अनकन्या कप पुरुष फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । १ लाख ६० हजार पुरस्कार राशीको उक्त फुटबल प्रतियोगिता टारगाउँ मुरली भञ्ज्याङले जितेको थियो ।