
धादिङ । धादिङको नीलकण्ठ १४ स्थित पात्ले खेल मैदानमा उपकार विद्यार्थी संघले १० औं मान बहादुर मेमोरियल फुटबल कप संचालन गर्ने भएको छ ।
संघको बुधबार सम्पन्न भएको बैठकले पुष २५ गतेदेखि माघ २ गतेसम्म उक्त प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको प्रेम तामाङले जानकारी दिए । आयोजक विद्यार्थी उपकार संघ विधिवत रुपमा २०४९ सालमा समाज कल्याण परिसदमा र २०५१ मा जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता भएको संस्था हो ।
गत वर्ष भएको नवौं मानबहादुर मेमोरियल कप 7 “A” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता चिससापानी युवा क्लव नीलकण्ठले जितेको थियो । उक्त प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ३० हजार थियो भने यस वर्ष हुने दशौं प्रतियोगिताको पुरस्कार राशी केहि दिन पछि सार्वजनिक गरिने बताईएको छ । फोटो फाईल
नीलकण्ठ नगरपालिका १४ धुवाँकोट पात्लेमा ०५१ मा बोष्टन तामाङ, धनेन्द्र तामाङ, रोशन तामाङ, रामसिंह तामाङ लगायतले फुटबल खेल सुरु गरे थिए । स्थानीय बुद्धिलाल तामाङ (हाल क्यानडा), धनबहादुर तामाङ (हाल यूके), मानबहादुर लगायतले पात्लेमा खेल मैदान निमार्णको सुरुवात गरेका थिए । उक्त खेल मैदान अहिले सुधारिएको अवस्थामा देख्न सकिन्छ । धादिङमा फुटबल खेल्नकै कै लागि निमार्ण भएको पहिलो खेल मैदानको रुपमा पात्ले खेल मैदानलाई लाईन्छ । यसै खेल मैदानमा विद्यार्थी उपकार संघले हरेक वर्ष मानबहादुर मेमोरियल कप गर्दै आई रहेको छ ।
- आठौं मानबहादुर मेमोरियल कप फुटबल धादिङ नेत्रावती डवजोङ सेमजोङको डब्जोङ क्षेत्र संरक्षण समाजलाई १-२ को गोल अन्तरले हराउँदै नुवाकोटको दाङसिङ युवा क्लवले जितेको थियो ।
- छैटौं मानबहादुर कप फुटबल जनआवाज युवा क्लव माने धुवाँकोटलाई हराउँदै नुवाकोटको नवस्टारले जितेको थियो ।