
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले कार्यालय परिषरमा एक विशेष समारोहका बीच आज ६९औँ प्रहरी दिवस बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका निमिक्त कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक नारायण पाण्डेको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा उक्त दिवस मनाईएको हो ।
कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिनुका साथै कर्तव्यपालनको सिलसिलामा ज्यान उत्सर्ग गरेका सम्पूर्ण अमर प्रहरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै प्रहरी दिवसको अवसरमा भएका विभिन्न खेलकुदमा प्रथम र द्वितीय स्थान हासिल गर्ने प्रहरी जवानहरुलाई सम्मानपत्र तथा पुरस्कार वितरण गरिएको थियो ।