नलाङ भलिबलको फाईनल आज, पुरस्कार वितरण गर्न मुख्यमन्त्री आउने

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज २९, २०८१

धादिङ । तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजनामा जारी जिल्लाकै महंगो पुरस्कार राशीको पुरुष भलिबल प्रतियोगिताको फाईनल आज दिउँसो छ ।

क्वाटरफाइनलकाे एक खेल बाँकी छ, दुप्चेश्वर गाउँपालिका नुवाकोट, ज्वालामुखी गाउँपालिका धादिङ, मनकामना समाज सुधार युवा क्लव धादिङ सेमिफाईन प्रवेश गरिसकेका छन् । फाईनल दिउँसो ३ बजेबाट हुने र पुरस्कार वितरण गर्न बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा आउने आयाेजकले जनाएकाे छ ।

खिर्रेस्थित नलाङ पात्ले माविको खेल मैदानमा जारी स्व. लोक बहादुर गुरुङ र स्व।मनोज श्रेष्ठ स्मृती कप भलिबल प्रतियोगितामा धादिङ, नुवाकोट र गोरखाका गरी ९ टिम सहभागी छन् ।

यस प्रतियोगिताको पुरस्कार प्रथमलाई १ लाख ११ हजार १११, द्धित्तिय पुरस्कार ५५ हजार ५५५ र तृतीय पुरस्कार ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

नलाङको साविक वडा नं ४ का वडा अध्यक्ष समेत रहेका लोक बहादुर गुरुङको गत असार ६ गते खिर्रेमा सवारी दुर्घटनामा परी निधन भएको थियो । यस्तै धादिङ जिल्ला भलिबलको टिम क्याप्टेन स्व.मनोज श्रेष्ठको गत बर्ष नलाङस्थित खिर्रेभञ्याङमा आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो द्वयकाे स्मृतिमा याे प्रतियाेगिता तमु युवा समाज सिद्धलेक–२ले आयाेजना गरेको हो ।