नलाङमा जारी भलिबलको फाईनल भोली

Avatar photo
Dhadingpost
सोमवार, अशोज २८, २०८१

धादिङ । तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजनामा जिल्लाकै महंगो पुरस्कार राशीको पुरुष भलिबल प्रतियोगिताको फाईनल भोली असोज २९ गते हुने छ । खिर्रेस्थित नलाङ पात्ले माविको खेल मैदानमा जारी उक्त स्व।लोक बहादुर गुरुङ र स्व।मनोज श्रेष्ठ स्मृती कप भलिबल प्रतियोगितामा ९ टिम सहभागि छन् ।

आज क्वाटरफाइनल एक खेल बाहेक सम्पुर्ण चरणहरु सकियको र भोलि २९ गते ७ बजे एउटा क्वाटरफाइनल खेल लगतै सेमिफाइनल खेल सुरु हुनेछ र फाइनल खेल दिउँसो हुने आयोजकले जनाएको छ ।

यस प्रतियोगिताको पुरस्कार प्रथमलाई १ लाख ११ हजार १११, द्धित्तिय पुरस्कार ५५ हजार ५५५ र तृतीय पुरस्कार ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

नलाङको साविक वडा नं ४ का वडा अध्यक्ष समेत रहेका लोक बहादुर गुरुङको गत असार ६ गते खिर्रेमा सवारी दुर्घटनामा परी निधन भएको थियो । यस्तै धादिङ जिल्ला भलिबलको टिम क्याप्टेन स्व.मनोज श्रेष्ठको गत बर्ष नलाङस्थित खिर्रेभञ्याङमा आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो द्वयकाे स्मृतिमा याे प्रतियाेगिता तमु युवा समाज सिद्धलेक–२ले आयाेजना गरेको हो ।