सल्यानटार जारी क्रिकेटकाे भाेली फाईनल

Avatar photo
Dhadingpost
बुधबार, अशोज २३, २०८१

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा असोज २१ गते देखि जारी खुल्ला क्रिकेट प्रतियोगिताको भाेली असाेज २४ गते सेमिफाइनल र फाईनल खेल हुने जनाईएको छ ।

७ टिमले प्रतिस्पर्धा रहेकाे यश प्रतियाेगिताकाे पहिलाे सेमिफाइनल भाेली बिहान ७:३० बजे राेयल सल्यानटार क्रीकेट टिम धादिङ समाज धादिङ बीच र दोस्रो सेमिफाइनल ११ बजे सल्यानटार क्रीकेट टिम नागेश्वरी क्रीकेट टिम बीच हुने बताईएकाे छ ।

सल्यानटार क्रिकेट क्लबले अायाेजना गरेकाे उक्त प्रतियाेगाेगिताकाे फाईनल भाेलि २:३० बजे हुने प्रतिक पाण्डेले धादिङपाेष्टलाई बताए । उनले बताए अनुसार सात टिमले भाग लिएका थिए । भाेलिकाे फाईनल जित्ने टिमले ३५ हजार र उप विजेताले २५ हजार पाउने छ ।