धादिङबेसी स्थित लखन थापा पार्कमा सालकको मुर्ति राखियो

Avatar photo
Dhadingpost
शनिबार, अशोज १९, २०८१

धादिङ । डिभिजन वन कार्यालय धादिङको सहयोगमा धादिङबेसी स्थित लखन थापा पार्कमा लोपोन्मुख वन्यजन्तु तामे सालकको एक जोर मुर्ति राखिएको छ ।

डिभिजन वन कार्यालय धादिङको प्रमुख भएर आए देखिनै विष्णु प्रसाद आचार्यले शालकको संरक्षणका लागि विभिन्न अभियानात्क कार्यक्रमहरु गर्दै आई रहेका छन् ।

आज एब विशेष कार्यक्रमका बीच बागमती प्रदेशको गौरवको रुपमा रहेको लोपोन्मुख वन्यजन्तु तामे सालकको एक जोर मुर्ति लखन थापा पार्कमा राखिएको हो ।