धादिङ । धादिङ सेवा समाज कतारले दुबै मृगौला फेल भई उपचारत नीलकण्ठ ज्यामरुङ निवासी सुमित्रा गुरुङलाई आर्थिक सहयोग गरेको छ ।
धादिङ सेवा समाज कतारका सचिव अम्बर बहादुर गुरुङको संयोजकत्व मा धादिंङ सेवा समाज कतारको समन्वयमा संकलन भएको ४२ हजार ०६७ रुपैंया विरामीलाई हस्तान्तरण गरिएको अध्यक्ष आयुष घलेले बताए ।
बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज नेपालका संस्थापक सल्लाहकार साथै धादिङ सेवा समाज कतारका तदर्थ समितिका सह-संयोजक रोम राना मगर, धादिङ सेवा समाज कतारका सचिव अम्बर बहादुर गुरुङ साथमा चाम बहादुर गुरुङ र चेतकुमारी गुरुङको उपस्थितिमा उक्त रकम विरामीलाई हस्तान्तरण गरिएको उनले बताए ।