धादिङ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ वटै जिल्ला संयोजक मनोनीत गरेको छ । जसमा धादिङको संयोजकको जिम्मेवारी सानुकान्छा लामाले पाएका छन् ।
अध्यक्ष महतोको अध्यक्षतामा काठमाडौँमा उपलब्ध केन्द्रीय नेताहरूको उपस्थितिमा भएको बैठकले ७७ वटै जिल्ला संयोजक मनोनीत गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टी यही असोज १ गते घोषणा भएको हो । २०८० फागुनदेखि राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामबाट विभिन्न अभियान चलिरहेको थियो। उक्त अभियानलाई नै पार्टीमा रुपान्तरण गरिएको हो।