धादिङका सिडिओ र एसपी दुबै केन्द्रमा तानिए

Avatar photo
Dhadingpost
सोमवार, अशोज १४, २०८१

धादिङ । मनसुन जन्य विपद्‌मा परेर धादिङमा ३५ जनाले ज्यान गुमाएका छन् । उद्धारमा तदारुकता देखाउन नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले धादिङका एसपी गौतम केसीलाई फिर्ता बोलाएको छ भने गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ ।

केन्द्र तानिएका प्रजिअ राजेन्द्रदेव पाण्डे र प्रहरी उपरिक्षक दिपेन्द्र शाही हुन् ।

धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलामा अविरल वर्षाका कारण गएको पहिरोले कति धनजनको क्षति भयो यकिन तथ्यांक आउन बाँकी छ । ३५ जनाले ज्यान गुमाउनुपरेको स्थलगत अध्ययनले स्पष्ट देखाउँने र उक्त घटनामा उद्धारमा तदारुकता देखाउन नसकेका कारण उनीहरु केन्द्र तानिएको स्रातको दावी छ ।