नेवि संघ धादिङमा दुई अध्यक्ष

Avatar photo
Dhadingpost
आइतवार, अशोज ६, २०८१

धादिङ । अध्यक्ष बाहेकका अन्य पदमा एक जना भन्दा बढी रहेको विभिन्न संघ संस्थाहरु त देखिएको छ, तर धादिङमा सबैभन्दा ठुलोदल नेपाली कांग्रेस धादिङको नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष नै दुई जना छन् ।

उनीहरु सहमतीको आधारमा वा अधिबेशनबाट निर्वाचित भएर अध्यक्ष बनेका भने हैनन् । कांग्रेस धादिङमा देखिएको चरम गुटको राजनीतिका कारण उनीहरु दुबै जना अध्यक्ष बन्न पुगेका हुन् ।

भीप्रसाद ढुङ्गाना पक्ष मानिने सुदिप गौलीले नेविसंघ केन्द्रीय समितिबाट जिल्ला अध्यक्षको जिम्मेवारी पाएको पत्र ल्याएपछि जिल्ला सभापति रामनाथ पक्षले गौलीलाई अध्यक्ष स्वीकार्न नसकिने भन्दै दिनेश श्रेष्ठको अध्यक्षमा अर्को समिति गठन भएको हो ।

अहिले दुबै जनाले सार्वजनिक कार्यक्रममा अध्यक्षको रुपमा देखिने गरेका छन् ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जिल्लाले नाम पठाउन नभ्याउँदै गौलीलाई जिल्ला अध्यक्ष पदमा नियुक्ति गरेको पत्र आएकोले नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सिफारिस बिना नेविसंघ केन्द्रबाट गुुटगत आधारमा नियुक्त गरिएकोले मान्न नसकिएको र जिल्लाले आफै अध्यक्ष चयन गरेको जिल्ला सभापति रामनाथ अधिकारी समूहले बताउँदै आएको छ ।