ध्रुव अधिकारीलाई कार्वाही, टानमा अन्तरघाट गरेको आरोप

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १, २०८१

धादिङ । नेकपा (एमाले) धादिङका जिल्ला कमिटी सदस्य समेत रहेका ध्रुव अधिकारी सहित तीन जनालाई टानको निर्वाचनमा अन्तरघाट गरेको आरोपमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले कार्वाही गरेको छ ।

ठमेल पर्यटन विकास परिषद अध्यक्ष समेत हेका धादिङका ध्रुव अधिकारी र हरि धरेल तथा सिन्धुपाल्चोकका दामोदर ढकालले सआफ्नो संगठनको आधिकारीक उम्मेद्वार राजेन्द्रप्रसाद सापकोटा सहितलाई हराउन भूमिका खेलेको भन्दै दुई वर्षसम्म संगठनबाट निष्कासन गरेको हो ।

भाद्र १७ गते सम्पन्न टानको निर्वाचनमा एमाले र कांग्रेससको संयुक्त प्यानलबाट एमालेका राजेन्द्र सापकोटा उठेका थिए । उक्त प्यानलबाट वरिष्ठ उपाध्यक्षसहित ११ जना निर्वाचित हुँदा अध्यक्षमा सापकोटा पराजित भएका थिए ।