धादिङ समाज अमेरिकाको पाँचौ रक्तदान सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, भदौ ३१, २०८१

धादिङ । धादिङबाट अमेरिका गई बसोबास गरि रहेकाहरुको साझा संस्था धादिङ नेपाली समाज अमेरिकाको पाँचौं रक्तदान कार्यक्रम मेरिका सम्पन्न भएको अध्यक्ष टकबहादुर रुवालीले बताए ।

अध्यक्ष रुवालीका अनुसार रक्तदान कार्यक्रमको कोर्डिनेटको भूमिकामा समाजका उपाध्यक्ष गणेश लम्साल रहेका थिए । समाजले विगत ५ वर्ष देखि हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । यस पटकको रक्तदान कार्यक्रममा ३७ प्रिट रगत संकलन गरिएको अध्यक्ष रुवालीले बताए ।

 अमेरिकामा ३ हजारको हाराहारीमा धादिङगेहरु रहेको अनुमान गरिएको छ । तथापी धादिङ नेपाली समाज अमेरिकामा हाल आजिवन सदस्यत ९६ जना र साधारण सदस्यत ३९५ जना छन् ।