धादिङ समाज भारतको अध्यक्षमा राहुलराज अधिकारी चयन

Avatar photo
Dhadingpost
सोमवार, भदौ ३१, २०८१

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार एवम् निवर्तमान उपाध्यक्ष अर्जुन धरेलको प्रमुख आथित्य र बल बहादुर सिटौलाको अध्यक्षतामा सम्पन्न धादिङ समाज भारतको दोस्रो अधिबेशनबाट अध्यक्षमा राहुलराज अधिकारी चयन भएका छन् ।

नव निर्वाचित २३ सदस्यीय धादिङ समाज भारतको कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा हरि गिरी, उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ र लक्ष्मी पुरी, महासचिवमा राम कुमारी कुमाल, सचिवमा प्रेम चापागाईं, सचिव महिलामा सन्तोषी पाठक,कोषाध्यक्षमा कविता छत्कुली र सह कोषाध्यक्षमा केशव परियार चयन भएका छन् ।

यस्तै सदस्यहरुमा बिष्णु बयलकोटी, विशाल बस्याल, राजु पुरी, पुर्षोतम गिरी, चीनबहादुर आलेमगर प्रवक्तामा केशव बास्कोटा चयन भए । बाँकी ८ सदस्य कार्य समितिको बैठकले थप्ने बताईएको छ ।

अधिवेशनले नि वर्तमान अध्यक्ष अर्जुन धरेलको संयोजकत्वमा ७ सदस्यीयसल्लाहकार समिति समेत गठन गरेको सदस्यहरुमा सिपि सिल्वाल, राजेन्द्र भन्डारी, बल बहादुर सिटौला, मानु श्रेष्ठ, मोहन गिरी रविशाल श्रेष्ठ रहेका छन् ।