अनेरास्ववियु धादिङको वक्तृत्वकलामा थाक्रेकी रमिला बिडारी प्रथम

Avatar photo
Dhadingpost
आइतवार, भदौ ३०, २०८१

धादिङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धादिङको आयोजनामा शनिबार “सुनिश्चित बाल अधिकार,समृद्ध नेपालको आधारू विषयकमा वक्तृत्वकला प्रतियोगिता धादिङको थाक्रे ६ महादेवबेसीमा,सम्पन्न भएको छ ।

६० औं बाल दिवसको अवसरमा आयोजित प्रतियोगितामा हरिहर भोजपकुमारी माध्यामिक विद्यालय थाक्रेकी छात्रा रमिला बिडारी प्रथम भएकी छिन् । त्यसैगरी महाङकालीस्वरी माध्यामिक विद्यालयका छात्रा रमिला तामाङ द्वितीय, एड्भान्स एकेडेमी धादिङको छात्र संगम लम्साल तृतीय र हरिहर भोजपकुमारी माध्यामिक विद्यालय थाक्रेका छात्र सम्भब रुपाखेती सान्त्वना भएका छन् ।

प्रतियोगिताका विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई पुरस्कार स्वरुप क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । अनेरास्ववियु धादिङका अध्यक्ष श्याम लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाभरिका १८ जना छात्रछात्राहरुले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।

अनेरास्ववियु केन्द्रिय सचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा. सुजन कडरियाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अनेरास्ववियु बागमती प्रदेश कमिटी अध्यक्ष लालबहादुर बुढाथोकीको र थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको विशेष आतिथ्यतामा र नेकपा एमाले बागमती प्रदेश सदस्य अम्बिका रूपाखेती नेकपा एमाले बागमती प्रदेश कमिटी विभागिय सचिव सन्जय दुवाडी, भुवान श्रेष्ठ, अनेरास्ववियु केन्द्रिय सदस्य धादिङ इन्चार्ज रक्तिम रेग्मी,अनेरास्ववियु बागमती प्रदेश कमिटी सह-सचिव प्रशान्त जंग पाण्डे, लगायतको उपस्तिथिमा रहेको थियो ।