धादिङ । धादिङमा असोज असोज २, ३ र ४ गते तीन दिन विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाईने भएको छ । दिवस मनाउन जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरिएको छ ।
के के हुन्छन् कार्यक्रम
- असोज २, ३ र ४ गते तीन दिन सबै सरकारी कार्यालय, संघ/संस्था तथा अन्य कार्यालयहरुमा दीपावली गर्ने
- असोज ३ गते
- असोज ३ गते नीलकण्ठ नगरपालिकाको संयोजनमा झाँकी प्रदर्शन
- असोज ३ गतेराजनीतिक पार्टीहरुले वृहत ¥याली प्रदर्शन गर्ने,
- असोज ३ गतेपत्रकार महासंघले अन्तर संवाद कार्यक्रम गर्ने
२०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन विविध कार्यक्रम गरिने भएको जिससस धादिङका प्रमख अधिकारीले बताए । फाईल तस्वीर