धादिङ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ धादिङको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सुनिल तामाङ चयन भएका छन् । सुनिल यस अघिको कार्य समितिमा जिल्ला अध्यक्ष कमल सिलवाल केन्द्रिय सदस्यमा निवार्चित भएपछि कार्यवहाक अध्यक्ष थिए ।
मंगलबार सम्पन्न जिल्ला अधिबेसनबाट उपाध्यक्ष किरण पाठक चयन भएका छन् उनी आठौं अधिबेशनबाट पनि उपाध्यक्ष मै निर्वाचित भएका थिए । यस्तै सचिवमा गुनु लामा, सह सचिवमा राजु तामाङ र गणेशलाल श्रेष्ठ कोषाध्यक्षमा सुमन अधिकारी, युथफोर्स बिभाग प्रमुखमा निशान बिशुराल चय भएका छन् ।
नवौं अधिवेशनले ५५ सदस्यीय राष्ट्रिय युवा संघ धादिङको नयाँ कार्य समिति चयन गरेको छ ।