राष्ट्रिय युवा संघ धादिङमा जिम्मेवारी हेरफेर

Avatar photo
Dhadingpost
आइतवार, साउन १४, २०८०

धादिङ । राष्ट्रिय युवा संघ नेपाल धादिङको बैठकले केहि जिम्मेवारी हेरफेर गरेको छ । जिल्ला अध्यक्ष कमल सिलवाल केन्द्रिय सदस्यमा निवार्चित भएपछि कार्यवहाक अध्यक्षको जिम्मेवारीमा रहेका उपाध्यक्ष सुनिल तामाङले अध्यक्षको जिम्मेवारी पाएका छन् भने उपाध्यक्षमा किरण पाठक चयन भएका छन् ।

बैठकले खाली रहेको महिला सह सचिवमा विमला गिरी बैठकले चयन गरेको छ । बैठकको विभिन्न चार निर्णय मध्य ४ नम्बरको बुँदा जिम्मेवारी हेरफेर अन्तरगत सुनिल, किरण र विमलाले नयाँ जिम्मेवारी पाएका हुन् ।

बैठकका चार निर्णय
१. संगठनको अध्यक्ष क.क्षितिज थेबे माथि भएको साईबर हमालाको ध्यानाकर्षण सम्बन्धमा।
२. ” Mission next election, Target new generation.” ४ महिने अभियानको सम्बन्धमा।
३. रिक्त रहेको जिम्मेवारी पदपूर्ति सम्बन्धमा।
४. जिम्मेवारी हेरफेरको सम्बन्धमा।

नेकपा एमाले धादिङको सहसचिव राधिका सापकोटाको प्रमुख आतिथ्यता सम्पन्न उक्त बैठकमा राष्ट्रिय युवा संघका नेताहरु मोदनाथ सिलवाल (सन्तोष), कमल सिलवाल, अनिषा बराम र कमरेड प्रकाश बराकोटी लगायतको आतिथ्यता रहेको थियो ।