धादिङ । नेपाली कांग्रेस धादिङले नीलकण्ठ नगरपालिका ८ स्थित स्वाबलम्बी बहिरा आधारभूत विद्यालयका बालबालिकालाई खाद्यान्न तथा स्कुल झोला वितरण गर्दै १११ औं वीपी जयन्ती मनाएको छ ।
नेपाली कांग्रेस धादिङका सभापति समेत रहेका कृषि मन्त्री रामनाथ अधिकारीले विद्यालयमै पुगेर वीपी जयन्तीको अवसरमा १० बोरा चामल, २ कार्टुन खाने तेला लगायत खाद्य सामाग्री, ४३ जना विद्यार्थीा लागि झोला वितरण गरेका थिए ।
उक्त कार्यक्रममा गंगाजमुना गाउँपालिका प्रमुख भक्त लामा, खनियाबास गाउँपालिका प्रमुख रणबहादुर तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका प्रमुख राजु उप्रेती र ज्वालामूखी गाउँपालिका प्रमुख यमनाथ दनैले स्वाबलम्बन बहिरा आधारभुत विद्यालयलाई ५०/५० हजार रकम उपलब्ध गराउने घोषणा गरेका थिए । यी तीनै जना नेपाली कांग्रेसबाट निर्वाचित पालिका प्रमुखहरु हुन् ।
नेपाली राजनीति र साहित्यमा अमर नाम हो, विश्वेश्वरप्रसाद कोइराला। वि. सं. १९७१ भदौ २४ गते भारतमा जन्मिएका विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली, हिन्दी भाषाका साहित्यकारसमेत हुन्। कोइरालाले १०४ वर्ष लामो जहानियाँ राणाशासनको अन्त्य गर्नमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका थिए । फोटो : सन्तोष श्रेष्ठ