रुवी भ्याली चिनारी गीत हाम्रो रुवी भ्याली सार्वजनिक

Avatar photo
Dhadingpost
बुधबार, भदौ १९, २०८१

धादिङ । धादिङको रुवी भ्याली नेपालको एक पर्यटकिय गन्तब्य हो । रुवी भ्यालीलाई प्रचार-प्रसार गर्ने हेतुले निर्माण गरिएको हाम्रो रुवी भ्याली बोलको गीतको भिडियो सार्जजनिक भएको छ । भदौ १८ गते एक कार्यक्रमको आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो ।

रुवी भ्यालीको प्रमुख पर्यटकिय स्थल र गाउँहरुमा पुगेर छायांकन गरिएको भिडियो सबैले रुचाएका छन् । छिमी मम्बाको शब्द रचना, देबराज आले मगरको संगीत र तारा श्रीस मगरको आवाजमा रहेको यस गीतमा नव मोडल रन्जिता तामाङले अभिनय गरेका छन् ।

सिङ्ग बहादुर तामाङको नृत्य निर्देशन र रोशन फ्युवाको निर्देशनमा बनेको यर भिडियोले रुवी भ्याली र्लाइ संसरभर चिनाउने बिश्वास लिएको छ । दृश्य निर्माण ल्हापसाङकर्पो म्युजिक सेन्टरले गरेको हो ।