धादिङ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले धादिङका सबै पालिकाका सबै विद्यालयमा गणित सिकाई सुधारका विशेष कार्यक्रम संचालन गर्ने भएको नव नियुक्त जिल्ला कोर्डिनेटर नवराज पाठकले बताएका छन् ।
गणित शिक्षा परिषदका केन्द्रीय सदस्य समेत रहेका जिल्ला कोर्डिनेटर पाठकका अनुसार जाइकाको यो परियोजना पाँच वर्षे हुनेछ । यस परियोजनाको बारे जानकारी दिन पालिकाका शिक्षा अधिकारीहरुका बीच मंगलबार अभिमुखिकरण कार्यक्रम भएको उले बताए ।
जिल्ला समन्वय समितिका धादिङका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा भएको उक्त अभिमुखिकरण कार्यक्रममा जापान परियोजना विज्ञ JunkoFunaki , IBSE Project CEO विष्णु आचार्य, CEHRD तालिम शाखाका निर्देशक गिरमान थापा, Project Officer सञ्जिव गुप्ता, शिक्षा विकास तथा समन्वय ईकाई धादिङका प्रमुख कृष्णकुमार श्रेष्ठले परियोजनको विषयमा सहजिकरण गरेका थिए ।
IBSE कार्यक्रम धादिङ जिल्लामा सन् २०२४–०२९ सम्म संचालन हुने छ । यस परियोजाले कक्षा १–३ को एकीकृत पाठ्यक्रम कार्यान्वयन, विद्यार्थीको उपलब्धी मुल्याङ्कन शिक्षक तालिम लगायतका कार्यक्रमहरु गर्ने छ ।