टानमा धादिङका १२ उम्मेद्वार मध्ये २ जनाले जिते

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १८, २०८१

धादिङ । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को निर्वाचनमा धादिङका १२ जना पर्यटन व्यवसायीहरुले उम्मेद्वारी दिएका थिए जसमा दुई जनाले जित्न सफल भएका छन् ।

एमाले कांग्रेस निकट पर्यटन व्यवसायीको प्यानल उम्मेदवार बनेका एमालेका धादिङ नीलकण्ठ १४ धुवाँकोटका राजेन्द्रप्रसाद सापकोटा अध्यक्षमा पराजित हुँदा उनकै प्यानलबाट प्रथम उपाध्यक्षमा नीलकण्ठ ज्यामरुङका विष्णुप्रसाद लम्साल र सदस्यमा नीलकण्ठ साँङकोषका राजु गुरुङले चुनाव जित्न सफल भएका छन् । सापकोटा प्यानलबाट महासचिवमा उम्मेदवारी दिएका नीलकण्ठ पाल्पा भञ्ज्याङका राजेन्द्रप्रसाद सुवेदी र सदस्यमा गंगाजमुना ७ बुढाथुमका विश्व दाहाल (बी) र ज्वालामुखी ४ ढोला सुमन अर्याल पराजित भएका छन् ।

यस्तै पाण्डे प्यानलबाट द्वितिय उपाध्यक्षमा उम्मेदवारी दिएका त्रिपुरासुन्दरी ७ का निशेष थापा, सचिवका उम्मेदवार गजुरीकी ससजना त्रिपाठी, कोषाध्यक्षका उम्मेदवार गंगाजमुना ६ बसेरीका गणेश प्रसाद न्यौपाने, सह कोषाध्यक्षका उम्मेदवार नेत्रावती डबजोङ वडा ५ का डम्बर बहादुर अधिकारी र सदस्यमा सिद्धलेक १, कालिदहका शिव प्रसाद सिलवाल, नीलकण्ठ ज्यामरुङ्गका माधवकुमार धमला पराजित भएका छन् ।

अध्यक्षका अर्का प्रत्याशी एमाले निकट पर्यटन व्यवसायी राजेन्द्र सापकोटा ४८० मत प्राप्त गर्दा सागर पाण्डेले ५८० मत ल्याउँदै विजयी भएका हुन् । सागर पाण्डे माओवादी निकट पर्यटन व्यवसायी हुन् ।महसचिवममासोनाम ग्यल्जेन शेर्पा र वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भएका छन् । त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए ।

सदस्यहरुमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे), विकास गुरुङ, सागर राई, छप्ते लामा र राजु गुरुङ निर्वाचित भएका छन् । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

अन्तिम मत परिणाम