राजेन्द्र पाण्डे नेकपा एसको वरिष्ठ उपाध्यक्षमा निर्विरोध

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ११, २०८१

धादिङ । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा धादिङका राजेन्द्र प्रसाद पाण्डे निर्विरोध निर्वाचित भएका छ्न् । घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । पाण्डे धादिङबाट निर्वाचित प्रतिनीधि सभा सदस्य समेत हुन् ।

केन्द्रिय कमिटीमा धादिङबाट पाण्डे सहित ७ जना छन् । राजेन्द्र प्रसाद पाण्डे जसमा डा. गंगालाल तुलाधर, गुरु बुर्लाकोटी, इन्दिरा ढुंगाना, डा. सीता ढुंगाना, सुवास खतीवडा र चन्द्र बहादुर तामाङ छन् ।

डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत गरेको नेकपा एसले पदाधिकारी र पोलिटब्युरो सदस्य मतदानबाट टुंग्याउन लागेको हो । केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट अब ६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् । त्यस्तै १०५ जना पोलिटब्युरो सदस्य निर्वाचित हुने छन् ।