धादिङ अस्पातलमा मेमोग्राम सेवा सुरु

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ११, २०८१

धादिङ । प्रादेशिक धादिङ अस्पतालमा आज एक कार्यक्रमका बीच मेमोग्राम सेवा उद्घाटन गएिको छ । बागमति प्रदेशका स्वास्थ मन्त्री किरण थापा मगरले यो सेवाको उद्घाटन गरेका हुन् । मेमोग्राम सेवाको महत्व र प्रभावकारिताको विषयमा अस्पतालका नि. निर्देशक डा. गगन अधिकारीले बताएका थिए ।

बाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहत अन्तरगतको बाग्मती स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले एक करोड नौ लाख ६१ हजारको लागतमा उक्त उपकरण जडान गरी हस्तान्तरण गरे सँगै धादिङ अस्पतालमा मेमोग्राम सेवा सुरुभएको हो ।

मेमोग्राम सेवा के हो ?
स्तनको टिस्यूजमा असामान्य वृद्धि अथवा परिवर्तनको पहिचान गर्नको लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ । यो स्तन क्यान्सरको पहिचान गर्ने उपयुक्त विधि हो । स्तन क्यान्सर या स्तनमा लागेका कुनै पनि रोग पत्ता लगाउनको लागि मेमोग्राम गरिन्छ।

मेमोग्राम कसरी गरिन्छ ?

  • स्तन वरिपरिको कपडा हटाउन भनिनेछ र अस्पतालद्वारा तपाईंलाई लगाउनको लागि गाउन उपलब्ध गराइनेछ ।
  • तपाईंलाई मेमोग्राम मेशिनको नजिक उभिन भनिनेछ ।
  • प्रत्येक स्तनको कमसेकम दुई तरिकाले एक्स–रे गरी तस्वीर लिने गर्दछ ।
  • रेडियोग्राफर टेक्नोलोजिस्टद्वारा तपाईको स्तनलाई तल–माथि अथवा दायाँ–बायाँ गर्नुपर्ने हुन्छ। ताकि एक्स–रेको लागि सही ठाउँ छान्न सकियोस् ।
  • तपाईको स्तनलाई दुई समतल सतहबीच दबाउने गरिन्छ । जसले गर्दा तपाईलाई केही समयको लागि अप्ठ्यारो महशुस हुन सक्छ तर यसले गर्दा तपाईंलाई कुनै हानी पुग्ने छैन ।
  • तपाईलाई गहिरो सास लिन भनिनेछ र जवसम्म एक्स–रे लिइन्छ तबसम्म सास रोक्न भनिनेछ ।
  • यदि तपाईंले स्तन प्रत्यारोपण गराउनु भएको छ भने अलि बढी एक्स–रेको आवश्यकता पर्दछ र जाँच गर्न बढी समय लाग्नेछ ।
  • जाँचको परिणाम एक्स–रेद्वारा लिएको स्तनको तस्वीरद्धारा तपाईको डाक्टर कहाँ पठाइन्छ र रोगको निदान गरिन्छ ।

डा.गगन अधिकारी मिति २०८०/१२/०२ मा अस्पतालको नि.अस्पताल निर्देशक भएर आएपछि के के काम भए ?

१. अस्पतालमा हेमो डायलाइसिस सेवाको २ शिफ्टमा सञ्चालन गरिएको,
२. अस्पतालको डिजिटल रेकर्डिङ रिपोर्टिङ्गलाई थप व्यवस्थित गरी प्रयोगशाला कक्ष र ओपिडीमा डिजिटल रेकर्डिङ कार्यको शुरुवात गरिएको,
३. ५ जनाको संख्यामा रहेको विषेशज्ञ चिकित्सकको संख्या बाट १५ जना विषेशज्ञ चिकित्सक पुर्याउन विशेष पहल गरी हाल अस्पतालमा विषेशज्ञ सेवाहरु: बालरोग, हाडजोर्नी, जनरल सर्जरी, स्त्रीरोग, एम. डी.जी.पी., इन्टरनल मेडिसिन, डेन्टल लगायतका सेवाहरू प्रदान गर्ने कार्यमा कुशल व्यवस्थापन गरेको र अब १ हप्ताभित्रै मै मारोरोग विषेशज्ञ सेवा र अप्थाल्मोलोजी सेवा सुचारु गर्न विषेशज्ञ चिकित्सकको व्यवस्था गरिसकेको,
४. १५ शैयाको जनरल वार्ड निर्माण गरी फिनिसिंग कार्य शुरू गर्न लागिएको,
५. प्रयोगशाला कक्षको प्रतिक्षालयको ट्रस्ट र ओपिडीमा जस्तापाता ट्रस्ट छाना राखी सेवाग्राहीहरुलाई सेवा लिन सहज बनाईएको,
६. स्तन क्यान्सरको परीक्षण गर्न मेमोग्राम मेसिनको व्यवस्था गरी तत्काल सेवा शुरू गर्न प्रक्रिया अगाडी बढाईएको,
७. स्थानीय तहहरुसङ्ग समन्वय गरी विषेशज्ञ स्वास्थ्य शिविरहरु संचालन गरिएको (रुबिभ्याली गाउँपालिका र नीलकण्ठ नगरपालिका-८ मा )
८. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र धादिङ अस्पतालबीच द्विपक्षीय सम्झौता गरी धादिङ अस्पतालमा यस चालू आ.व. देखि अबको ५ वर्षसम्म कार्यान्वयन हुने गरी धादिङ अस्पतालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेजिडेन्ट विषेशज्ञ चिकित्सा सेवा दिने सुनिश्चितताको वातावरण बनाईएको,
९. अस्पताल परिसरमा गोबर ग्यास प्लान्ट निर्माण,
१०. अस्पतालबाट गुरस्तरीय सेवा प्रवाहको सुनिश्चितता, सेवाग्राहीहरुको गुनासोको व्यवस्थापन, विपन्न र असहाय नागरिकको निःशुल्क तथा आंशिक छुटामा उपचारको व्यवस्था, कर्मचारीहरुमा अनुशासन र चेन अफ कमाण्ड पद्धति लागू र अस्पतालको प्रशासनिक प्रक्रिया तथा व्यवस्थापकीय पक्षमा सुधारका कार्यहरू गरिएको ।