धादिङ । अखिल (क्रान्तिकारी) धादिङले आज तीनवटा पालिकाको सम्मेलन सम्पन्न गरेको छ । क्रान्तिकारीले आज धुनीबेसी, नीलकण्ठ र बेनीघाट रोराङको पालिका सम्मेलन सम्पन्न गरेको हो ।
नवगठित पालिका कार्य समितिहरु
धुनिबेसी नगरपालिका
अध्यक्ष सुजित मगर, उपाध्यक्ष रामचन्द्र मगर र सुजन खत्री, सचिव एन्जिला खत्री, कोषाध्यक्ष गंगा खत्री
नीलकण्ठ नगरपालिका
अध्यक्ष किरण खाती, उपाध्यक्ष सर्मिला तामाङ र सुवास श्रेष्ठ, सचिव संगीत तामाङ, सहसचिव सन्देश गौतम, अनोज धमला र कोषाध्यक्षमा प्रथा तामाङ
बेनीघाट रोराङ गाउँपालिका
अध्यक्ष मौषम घले, उपाध्यक्ष एन्जिला ठकुरी, रन्जन दनै, सचिव प्रदिव कुवर क्षेत्री, सह सचिव सिम्पल वस्नेत अभिषेक डल्लाकोटी, कमला गुरुङ र कोषाध्यक्ष शर्मिला ढकाल
अखिल (क्रान्तिकारी) धादिङले भदौ १५ गते जिल्ला सम्मेलनको तयारी स्वरुप पालिका र विद्यालय स्तरीय कमिटी गठनमा तिब्रता दिएको जिल्ला अध्यक्ष बिनाेद आचार्यले धादिङपोष्टलाई बताए ।