धादिङ । तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय श्रृङ्खलामा सहभागी हुन धादिङका डेनिड विक मकाउमा प्रस्था गरेका छन् । उक्त प्रतियोगितामा नेपालबाट ११ जना खेलाडीले सहभागिता जनाउने छन् ।
मकाउ प्रस्थान गर्नु पूर्व उनलाई बिहिबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, जिल्ला खेलकुद विकास समिति धादिङका कार्यलय सप्रुमख रमेशमान तुलाधरले सफलताको शुभकामना सहित विधाई गरेका थिए ।
यस अघि विभिन्न आधा दर्जन भन्दा बढी अन्तराष्ट्रिय र दर्जन भन्दा बढी राष्ट्रिय स्तरका प्रतियोगिता खेली सकेका डेनिड धादिङ तेक्वान्दो संघका कोषाध्यक्ष समेत हुन् । उनी धादिङका तेक्वान्दो प्रशिक्षक समेत हुन् ।
भोलि भदौ ८ र पर्सि ९ गते हुने प्रतियोगिताको पुरुष ६८ केजीमुनि डेनिड विक र विमल रोकाया, ८० केजीमुनि सुरज कार्की, ३६ केजीमुनि असिम श्रेष्ठ तथा ४७ केजीमुनि र एकल पुम्सेमा प्रबलविक्रम बानियाँले प्रतिस्पर्धा गर्ने छन् ।
महिलाको एकल पुम्सेमा मुना खवास मगर, ४२ केजीमुनि विनिशा प्रधान, ५५ केजीमुनि अन्जली लामा र एकल पुम्सेमा अनुजा राईले खेल्ने छन् । टिम व्यवस्थापकमा अमरबहादुर श्रेष्ठ र निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायक कुमार लामा घिसिङ रहेका छन् ।
निर्णायक घिसिङका अनुसार मकाउमा रहेका ओमप्रकाश खड्काले ८७ केजीमुनि तथा हङकङमा रहेका नोबेल गुरुङले ४८ केजीमुनि यही प्रतियोगितामा सहभागिता जनाउने छन् ।