धादिङ । उत्तरी धादिङ जाने दामन पाख्रिन स्मृति मार्गको प्रवेशद्वार हो धादिङबेसी सदरमुकाम बसपार्क छेउको ‘कजवे’ । यो ‘कजवे’ हटाएर पुल बनाउनु पर्ने माग कयौं पटक उठी सक्यो पुल बनाउने घोषण नगरेका जनप्रतिनीधि पनि छैनन् । तर अहिले सम्म पुल बन्न सकेको छैन् ।
०५८ सालमा जिल्ला विकास समितिले ३४ लाखको लागतमा बनाई दिएको यो कजवेबाट प्रत्येक वर्ष थोपल खोलाले क्षेति पुर्याईदै आएको छ । सदरमुकामका पुराना संरचना बदलि सक्यो । २२ वर्ष पुरानो यो कजवेको ठाउँमा पुल अझै बन्न सकेको छैन ।
पुरै उत्तरी धादिङ जाने सडक जोड्ने यस कजवे हटाएर पक्की पुल वनाउन धादिङबेसी पुछारबजार बासीले आग्रह गरेको वर्षौ भैसक्यो । प्रत्येक सरकारमा धादिङका जनप्रतिनीधि मन्त्री नबनेको कमै होला तर पुल बनाउँछौं भन्ने सिवाय अरु काम भएको छैन ।