धादिङ । श्रीलंकामा सम्पन्न नवौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता तथा अन्तर्राष्ट्रिय सेमिनारमा धादिङका पाँच खेलाडीले नेपालका लागि ६ स्वर्ण पदक दिलाएका छन् । उक्त प्रतियोगितामा धादिङबाट ६ जना खेलाडी थिए ।
नेपालबाट १९ जना खेलाडी लिएर श्रीलंका पुगेका प्रमुख प्रशिक्षक धादिङका रमेश अधिकारीका अनुसार धादिङका आर्नव रेग्मीले दुई स्वर्ण जित्न सफल भएका छन् भने, नियन श्रेष्ठ, सन्देश श्रेष्ठ, अज्जन श्रेष्ठ र रोनित श्रेष्ठले १-१ स्वर्ण पदक जित्न सफल हुँदा धादिङबाट सहभागि अर्को खेलाडी सनिस श्रेष्ठ ले भने स्वर्णपदक जित्न चुकेका छन् ।
नेपालबाट १९ जना खेलाडी सहभागी थियौं । नेपालका लागि १२ स्वर्ण सहित २ सिल्भर,६ कास्य जित्न सफल भए सँगै श्रीलंकामा नेपाल टिम समग्रमा दोस्रो हुन सफल भयौं अधिकारीले धादिङपोष्टलाई बताए ।