धादिङ । एमाले थाक्रे-काठमाडौं सम्पर्क मञ्च धादिङको अध्यक्षमा प्रविण रिजाल चयन भएका छन् । नव गठित कार्यसमितिको उपाध्यक्षमा श्रीधर सुवेदी र संगीता रिमाल, सचिवमा सुशील पौडेल, सह-सचिव सन्तोषी डल्लाकोटी र प्रदिप तामाङ, कोषाध्यक्षमा बज्रेस बस्नेत चयन भएका छन् ।
नीतु शाह बुढाथोकीका अनुसार शनिबार सम्पन्न उक्त सम्मेलनमा स्थायी कमिटी सदस्य एवं वागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने, केन्द्रीय सदस्य एवं धादिङ इन्चार्ज खेम प्रसाद लोहनी जिल्ला अध्यक्ष भूमि त्रिपाठी, रमेश आचार्य, रामकुमार आचार्य, रधिका सापकोटा, उर्मिला रेग्मी, कृष्ण पन्थ, अम्बिका रुपाखेती लगायतको आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि डा. राजन भट्टराईले वर्तमान कमिटीलाई धन्यवाद र नयाँ बन्ने कमिटीलाई अग्रिम शुभकामना व्यक्त गर्दै जनताको अपेक्षा अनुसारनै वर्तमान गठबन्धन बनेको र जनाताकै माग पूरा गर्न यो सरकार लागि पर्ने र देशको अर्थतन्त्र लगायत जनताका समस्या सामाधान गर्न यो सरकार अघि बढ्ने बताएका थिए ।
कार्यक्रम खुल्ला र बन्द गरि दुई सत्रमा सम्पन्न भएको थियो । बन्द सत्र वागमती प्रदेश सम्पर्क कमिटी सदस्य तथा थाक्रे ईन्चार्ज संजिव पाण्डेको अध्यक्षतामा अध्यक्ष मण्डल र कमल थापा मगरको संयोजकमा निर्वाचन कमिटी घोषण भएको थियो । प्रतिनिधि मुलक सदस्य रहेको बन्द सत्रमा सर्वसम्मतिका साथ १९ सदस्यीय कमिटी चयन भएको थियो ।