धादिङ । धादिङको प्रतिनीभि सभा क्षेत्र नम्बर २ अन्तरगत प्रदेश (ख) का जनप्रतिनीधिहरुको संयुक्त वैठक काठमाडौं स्थित इन्द्रेणी फुडल्याण्डमा शनिबार बिहान सम्पन्न भएको छ ।
पहिरोको कारण दामन पाख्रिन मार्ग (साङ्कोष-तिप्लिङ सडक) अवरुद्ध छ । चाँडो भन्दा चाँडो सुचार गर्नका लागि जनप्रतिनीहिरुको बैठक बसेको खनियाबास गाउँपालिकाका उप प्रमुख सेक्केमान तामाङले धादिङपोष्टलाई बताए ।
उक्त सडक खण्ड अन्तरगत किन्ताङफेदी भिर, खुर्सानीबारी, धार्ना, केराबारी लगायतका ठाउँहरुको पहिरोको कारण सडक अवरुद्ध छ । चाडो भन्दा चाडो कसरी संचालनमा ल्याउन सकिन्छ त्यसबारे छलफल भएको हो, स्थानीय सरकारको सहकार्यमा प्रदेश र संघीय सरकार सँग वजेटको सुनिश्चितताको लागि आव्हान गर्ने छलफलको निस्कर्ष रहेको उनले बताए ।
बैठकमा पूर्व मन्त्री बुद्धिमान तामाङ, कृषि मन्त्री रामनाथ अधिकारी सहित क्षेत्र नम्बर २ अन्तरगत प्रदेश (ख) का जनप्रतिनीधिहरुको सहभागिता रहेको थियो ।