धादिङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नय नियुक्त धादिङ नीलकण्ठका रमेश आचार्यले कार्यभार सम्हालेको पहिलो दिन प्रादेशिक कार्यालय थापाथलीको खाद्य गोदाम अवलोकन गरेका छन् । बागमती प्रदेशको कार्यालय थापाथली अनलाइन प्राणालीमा कारोबार भइरहेको भए पनि अन्य कुनै प्रदेशमा अनलाइन प्रणाली छैन, अब सबै प्रदेशका खाद्य गोदामलाई पूर्ण रुपमा अनलाइन प्रणालीमा लगिने उनले धादिङपोष्टलाई बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खुला प्रतिष्पर्धामार्फत छनौट भई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट मन्त्रीपरीषद्मा सिफारिस भइ सोमबारको मन्त्रिपरिषद् बैठकबाट उनी कम्पनीको महाप्रबन्धक नियुक्त भएका थिए । आचार्यले कम्पनीको नाममा रहेको अचल सम्पत्तिहरुको समूचित उपयोग गर्दे कम्पनीलाइ व्यवसायिक बनाउने, कम्पनीलाइ वित्तिय रुपमा सवल र सक्षम बनाउने, सार्वजनिक नीजी साझेदारी मोडलमा subsidiary companies हरु स्थापना गरी व्यापक रोजगारीका अवसरहरु सृजना गर्ने तर्फ आफ्नो जोड रहने बताएका छन् ।
विगतमा खाद्य कम्पनीले प्रतिकूल अवस्थामा निजी क्षेत्रले बजारमा कृत्रिम मूल्य सृजना गरी कालोबजारी गर्दा नियन्त्रण गर्ने उद्देश्यले काम गरिरहेको थियो । अब त्यसलाई पनि सुधार गरी निजी क्षेत्रले उपभोक्तालाई दिने वस्तुको मूल्य भन्दा कम मूल्य र गुणस्तरीय वस्तु कम्पनीबाट आम उपभोक्तालाई उपलब्ध गर्न सक्ने गरी काम गर्ने आफ्नो मुख्य योजना र उद्देश्य रहेको उनी बताउँ छन् ।
कम्पनीका सात प्रादेशिक कार्यालय, पाँच मुख्य कार्यालय रहेका छन् भने २६ वटा शाखा कार्यालयहरु रहेका छन् । यस्तै देशभरी २५ वटा डिपो कार्यालय रहेका छन् । देशभरी वितरण केन्द्रहरु ७५ वटा रहेका छन् । कोशी प्रदेशको प्रादेशिक कार्यालय विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौंको थापाथली, गण्डकी प्रदेशको कास्कीको पोखरा, लुम्बिनी प्रदेशको भैरहवा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको छ ।